मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’

बुधबार, १४ माघ २०८२, १३ : २५
बुधबार, १४ माघ २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । बुधवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए ।

उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे। समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भएपनि त्यो सफल हुन नसकेको बताए ।

जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ । जेन–जी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागएको उनले बताए । संयोजक दाहालले आफूहरूले पनि आत्मसमिक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए । उनले वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्दै आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरु तयार रहेको बताए । 

 कम्युनिष्ट शक्तिहरु एक नभएर अगाडी नबढेमा देश दुर्घटनामा जानसक्ने पनि उनले बताए। निर्वाचन नजिकिँदै गरेकोले एकता प्रक्रियामा आउन उनले सम्पूर्ण विचार मिल्ने शक्तिहरुलाई आग्रह गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप