पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित
बुधबार, १४ माघ २०८२, १७ : १६
सारांश
- जसपा नेपालले ८ जनालाई पार्टीबाट निष्काशन गरेको छ।
- पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाले कारबाही गरिएको हो।
- निष्काशनमा परेकाहरूमा पूर्वमन्त्री प्रदीप यादव लगायत छन्।
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)नेपालबाट ८ जनालाई निष्काशन गरिएको छ ।
बुधबार संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन् । यादव पूर्व खानेपानीमन्त्री हुन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने तथा पार्टीको हित, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेकोले उनीहरूलाई पार्टीबाट निष्काशन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यी हुन् पार्टीबाट निष्काशित हुनेहरू
- प्रदीप यादव
- चन्दन कुमार सिंह
- आत्माराम साह
- कमरुल्लाह अन्सारी
- उदयकान्त मिश्र
- हरिनारायण यादव
- नवल किशोर सिंह
- डा. शिवजी यादव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण