बजारमा ग्यास अभाव र तेलको मूल्यबारे विभागको ध्यानाकर्षण, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने
सारांश
- वाणिज्य विभागले बजारमा ग्यास अभाव र तेलको मूल्यवृद्धिको विषयमा अनुगमन गरिरहेको छ।
- अन्तर्राष्ट्रिय बजार र अमेरिकी डलरको मूल्य वृद्धिका कारण आपूर्तिमा समस्या आएको विभागको अनुमान छ।
- कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने विभागले जनाएको छ।
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासको अभाव र खाने तेलको मूल्यवृद्धिको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागका निर्देशक नरहरि तिवारीले बजारमा देखिएको समस्याबारे विभागले अनुगमन तथा विश्लेषण गरिरहेको जानकारी दिएका छन् ।
पछिल्लो समय बजारमा ग्यासको अभाव भएको र खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो उपभोक्ताबाट आएपछि विभागले सक्रियता देखाएको हो ।
निर्देशक तिवारीका अनुसार विभागले अहिले विशेष गरी खाने तेल र ग्यासको आपूर्तिको अवस्थाबारे सुक्ष्म अध्ययन गरिरहेको छ।
निर्देशक तिवारीले अहिले नेपालभित्र बाटोघाटो अवरोध वा कुनै ठुलो विपद्को समय नभएको भए पनि अन्तर्राष्ट्रिय बजारका कारण समस्या देखिएको हुन सक्ने बताए ।
उनले अमेरिकी डलरको भाउ बढेर १४८ रुपैयाँ पुगेको र अन्तर्राष्ट्रिय व्यापारमा देखिएका नीतिगत परिवर्तन (ट्रेड वार रट्यारिफ) का कारण बाहिरैबाट आपूर्ति शृङ्खलामा समस्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
‘अहिले चुनाव वा विपद्को कारणले सामान रोकिनुपर्ने अवस्था छैन,’ तिवारीले भने, ‘तर भन्सार तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा ग्यास आयातमा केही कमी देखिएको छ । भारतमा पनि केही समस्या रहेको बुझिएको छ ।’
बजारमा देखिएको अस्थिरताको फाइदा उठाउँदै कुनै पनि व्यापारी वा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्न खोजे कडा कारबाही गरिने बताए।
निर्देशक तिवारीले भने, ‘बजारलाई आतङ्कित बनाउने काम कसैले गर्नु हुँदैन । यदि कसैले आपूर्ति शृङ्खलामा अवरोध गर्ने, कार्टेलिङ गर्ने वा अस्वाभाविक मूल्य वृद्धि गरेर फाइदा लिन खोजेको अनुगमनमा भेटिएमा कानुन बमोजिम कडा कारबाही हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण