अख्तियारद्वारा पाँच जनाविरुद्ध आरोप पत्र दायर
बुधबार, १४ माघ २०८२, २२ : ३३
सारांश
- अख्तियारले बझाङका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- उनीहरूले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोप लागेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ ।
अख्तियारले उनीहरू विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको जनाएको छ । बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तले भवन निर्माणको योजनामा आरोपितले सरकार एवं सार्वजनिक संस्था विद्यालयको सम्पत्ति हानि नोक्सानी, हिनामिना एवं दुरुपयोग गरी गैरकानुनी लाभ लिएको पुष्टि भएको हुँदा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण