बैंकका सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने युवक पक्राउ
बिहीबार, १५ माघ २०८२, ०९ : ३३
पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंकका सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । मंगलबार स्थानीय ३० वर्षका महेन्द्र नारायण श्रेष्ठले सुरक्षा गार्डलाई चक्कु हानेर घाइते बनाएका हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बिरुवा अर्चले र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिरुवा बजारबाट नियन्त्रणमा लिएको जनाएको छ ।
श्रेष्ठमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण