कैलाश खेरले गाए फिल्म ‘शिवांश’को ‘शिव ताण्डव’ गीत
काठमाडौँ । भारतीय चर्चित गायक कैलाश खेरले नेपाली फिल्मका लागि गीत गाएका छन् । उनले फागुन १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शिवांश’को एक गीत ‘शिव ताण्डव’मा स्वर दिएका हुन् ।
निर्माण युनिटले फिल्मको एक नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको स्वर फिल्मको गीतमा रहेको जानकारी दिएको हो । गीत रेकडिङपछि नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति खेरले हृदयदेखि आभार व्यक्त गरेको निर्माण युनिटले जनाएको छ ।
सार्वजनिक पोस्टरमा अभिनेता प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रूपमा र अभिनेता तेज गिरी रिसाहा मुद्रामा छन् । पोस्टरमा अभिनेत्री रुसा न्यौपाने, विमला लिम्बू र विकाश जोशी पनि देखिएका छन् ।
महाशिवरात्रिको छोको पारेर फागुन १ गते रिलिज हुने फिल्म अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा सन्तोष कुमार आत्रेयले निर्देशन गरेका हुन् । फिल्मका निर्मातामा अञ्जान केसी रहेका छन् ।
फिल्ममा प्रवीण र तेज गिरीको अलावा विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ । फिल्मको वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण