थाइल्यान्डमा सैन्य विमान दुर्घटना, दुई पाइलटको मृत्यु
थाइल्यान्ड । उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा बिहीबार विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको रोयल थाई एयर फोर्स (आरटीएएफ) ले जनाएको छ ।
विङ –४१ लाई तोकिएको एटी–६ टीएच विमान चियाङ माई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६० किलोमिटर दक्षिणपश्चिममा रहेको चोम थोङ जिल्लामा स्थानीय समय अनुसार विहान १०ः२० मा दुर्घटनामा परेको आरटीएएफका प्रवक्ता चकरित थम्माभिचाईले बताएका छन् ।
दुर्घटनाको समयमा पाइलटहरूले लडाइँ खोजी र उद्धार प्रशिक्षण अभ्यास गरिरहेको पुष्टि गर्दै दुर्घटनास्थलको वरपर कुनै नागरिक घाइते वा सम्पत्ति क्षति भएको रिपोर्ट नगरिएको चकरितले विज्ञप्ति जारी गर्दै जनाउनु भएको छ ।
अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन सुरक्षा मापदण्डहरूको पूर्ण र कडा पालनाका साथ अनुसन्धान गर्ने समेत प्रवक्ताले बताएका छन् । वायुसेनाले पाइलटको परिवारप्रति समवेदना व्यक्त गर्दै पूर्ण सहयोग गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण