घोराही लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा हुनु प्रदेशमै नमुनायोग्य उपलब्धि : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको घोराही उपमहानगरपालिका लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा हुनु लुम्बिनी प्रदेशकै लागि नमुनायोग्य उपलब्धि भएको बताएका छन् ।
घोराही उपमहानगरपालिकाको ४८औँ नगर स्थापना दिवस समारोहलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरी लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा हुनु सिंगो देशकै लागि उदाहरणीय काम भएको उल्लेख गरे । उनले घोराहीले मानव विकास सूचकका आधारमा यसअघि नै बालमैत्री र साक्षर नगरको घोषणा गरिसकेको स्मरण गराउँदै मानवीय, सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए ।
समारोहमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा सम्बन्धी कार्यविधि २०८१ अनुसार ३२ वटा सूचक पूरा गरी नगरलाई घोषणा गरिएको जानकारी दिए । उनका अनुसार पछिल्लो एक वर्षमा घोराहीमा २२ वटा मात्र लैङ्गिक हिंसाका घटना दर्ता भएका छन्, जुन जनसंख्याको आधारमा ०.०१ प्रतिशत हो ।
कार्यक्रम उपप्रमुख हुमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । नगर प्रवक्ता राममणि पाण्डेले घोषणासम्बन्धी विस्तृत विवरण प्रस्तुत गरे । घोषणामा योगदान पुर्याउने सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले संघीय व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण