गुल्मीमा आफ्नै बुबाद्वारा ३ महिने छोराको हत्या
बिहीबार, १५ माघ २०८२, १६ : ३५
सारांश
- गुल्मीको इश्मा गाउँपालिकामा एक बाबुले ३ महिनाका छोराको हत्या गरे।
- ४६ वर्षीय सन्त बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।
गुल्मी । गुल्मीको इश्मा गाउँपालिकामा एक बाबुले आफ्नै नाबालक छोराको हत्या गरेका छन्। इश्मा गाउँपालिका-२ छल्दीटार बस्ने ४६ वर्षीय सन्त बहादुर कुमालले ३ महिनाका छोरा सुवास कुमालको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो।
प्रहरीका अनुसार सन्त बहादुरले बुधबार राति मादक पदार्थ सेवन गरी नाबालक छोराको हत्या गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। मादक पदार्थको नशामा रहेका उनले कुन कारणले नाबालकमाथि यस्तो कृत्य गरे भन्नेबारे खुल्न सकेको छैन।
प्रहरीले अहिले अभियुक्त कुमाललाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण