बिर्तामोडमा १९ लाखको धनमाल चोरी, फरार चोरको खोजी गर्दै प्रहरी
बिहीबार, १५ माघ २०८२, १६ : ४१
सारांश
- झापाको बिर्तामोडमा एक घरबाट लाखौंको धनमाल चोरी भएको छ।
- चोरले सुन, चाँदीका गरगहना र नगदसहित १९ लाख बराबरको सम्पत्ति लुटेर लगेको प्रहरीले जनाएको छ।
- प्रहरीले घटनाको मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ र चोरहरूको खोजी गरिरहेको छ।
झापा । झापाको बिर्तामोड नगरपालिका–१ पञ्चकन्या प्लटिङमा गए राति एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय पुनम देवी साहको घरलाई निशाना बनाउँदै चोरले सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसहित करिब १९ लाख रूपैयाँ बराबरको सम्पत्ति लुटेर लगेका हुन्।
राति चोरले धनमाल चोरेर फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बिहान मात्र चोरी भएको थाहा पाएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए।
घटना लगत्तै पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी अनुसन्धान अगाडि बढाएको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण