सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही

बिहीबार, १५ माघ २०८२, २२ : ५९
बिहीबार, १५ माघ २०८२

सारांश

  • गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट गरे कारबाही हुने जनाएको छ।
  • अपराधसम्बन्धी अभिलेख निर्देशिकाको विपरीत काम गरे कारबाही हुनेछ।
  • वैदेशिक अध्ययन, रोजगारीमा जाँदा प्रमाणपत्रमा केरमेट भए असर पर्नेछ।

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा कारबाही हुने जनाएको हो । कानुन विपरीत काम कारबाही गरे/गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकाले वैदेशिक अध्ययन, भ्रमण तथा रोजगारीलगायतका कार्यमा जाँदा यसको प्रत्यक्ष प्रभाव पर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्ता कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रियाबमोजिम मात्र काम कारबाही गर्न, गराउन र सोबमोजिम नभएमा भविष्यमा यसको कारणबाट सम्बन्धित व्यक्तिलाई नै प्रतिकूल प्रभाव पर्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप