अमेरिकामा फेड अध्यक्षको नाम शुक्रबार घोषणा हुने
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान फेडरल रिजर्भका अध्यक्षका लागि आफ्नो उम्मेदवारको घोषणा गर्ने बताएका छन् । लामो समयदेखि प्रतीक्षा गरिएको यो निर्णयले अमेरिकी केन्द्रीय बैंकले ह्वाइट हाउस र चुनावी राजनीतिबाट कति स्वतन्त्र रहन सक्छ भन्ने कुरा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
गत वर्षभरि राष्ट्रपति ट्रम्पले वर्तमान फेड अध्यक्ष जेरोम पावेलको आलोचना गर्दै आएका थिए । पावेलको कार्यकाल मे महिनामा समाप्त हुँदैछ । ट्रम्पले द्रुत आर्थिक वृद्धिका लागि ब्याज दरहरू अझ तीव्र रूपमा घटाउनुपर्ने धारणा राखेका छन्, तर पावेलले ट्रम्प प्रशासनका कर नीतिका कारण बढ्न सक्ने मुद्रास्फीतिलाई ध्यानमा राख्दै सावधानीपूर्ण दृष्टिकोण अपनाएका छन् ।
बिहीबार राति आफ्नी पत्नीबारे बनेको वृत्तचित्रको प्रदर्शनमा जाँदै गर्दा ट्रम्पले आफूले शुक्रबार बिहान फेड अध्यक्षको घोषणा गर्ने जानकारी दिएका थिए । उनले छनोट हुने व्यक्ति आर्थिक क्षेत्रमा व्यापक सम्मान पाएको र सबैले चिनेको व्यक्तित्व हुने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले उम्मेदवारबारे धेरै खुलासा नगरे पनि खोज प्रक्रियाको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले गरेकाे बताइएको छ । अन्तिम चरणमा केभिन वार्श, क्रिस्टोफर वालर, रिक रिडर र केभिन ह्यासेटको नाम चर्चामा रहेको छ । ट्रम्पले हालै दिएको अभिव्यक्तिले वार्शतर्फ झुकाव देखिएको अड्कल गरिएको छ ।
यसैबिच, फेडको मुख्यालय नवीकरण लागतलाई लिएर ट्रम्प र केन्द्रीय बैंकबिच तनाव बढ्दै गएको छ । सोही सन्दर्भमा फेडले न्याय विभागबाट कानुनी सूचना प्राप्त गरेको थियो । पावेलले भिडियो सन्देशमार्फत ब्याज दर निर्धारण राजनीतिक दबाबभन्दा जनताको हितका आधारमा गरिएको स्पष्ट पारेका थिए ।
ट्रम्पले आफ्नो मनोनितले ब्याज दर घटाउने अपेक्षा व्यक्त गर्दै आएका छन्, जसले अर्थतन्त्र, मुद्रास्फीति र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्नेछ । पावेल अध्यक्ष पदबाट हटे पनि फेडको बोर्ड अफ गभर्नरमा सन् २०२८ सम्म रहन सक्ने भएकाले ट्रम्पको बोर्डमा पूर्ण नियन्त्रण कायम गर्ने योजनामा केही प्रक्रियागत चुनौती आउन सक्ने विश्लेषकहरूको भनाइ छ ।
पावेलले हाल बोर्ड छोड्ने वा नछोड्नेबारे निर्णय सार्वजनिक नगरे पनि उत्तराधिकारीलाई राजनीतिक प्रभावबाट टाढा रही काङ्ग्रेसमार्फत जवाफदेही रहने सन्तुलन कायम गर्नुपर्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण