बैतेश्वर गाउँपालिकाका विद्यालयमा माघ १८ गते शोक बिदा
शुक्रबार, १६ माघ २०८२, १३ : ३६
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाका विद्यालयमा माघ १८ गते शोक बिदा दिइएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै हनुमन्तेश्वर माध्यमिक विद्यालयका शिक्षक केशव चौलागाईको निधनमा शोक बिदा दिने निर्णय गरेको जनाएको हो ।
शिक्षक चौलागाईको माघ १५ गते निधन भएको थियो । मृत आत्माको चिर शान्तिको कामना गर्दै मिति २०८२ साल माघ १८ बैतेश्वर गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १ दिन शोक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।
शिक्षक चौलागाई २०६३ सालदेखि स्थायी सेवामा प्रवेश गरी हालसम्म अनवरत रूपमा शिक्षण पेसामा संलग्न रहँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण