सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

थाई राजपरिवारकी सदस्य लुम्बिनीमा, मायादेवी मन्दिरको दर्शन

शुक्रबार, १६ माघ २०८२, १४ : ०४
शुक्रबार, १६ माघ २०८२

सारांश

  • थाइल्यान्डकी राजकुमारी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीमा भगवान बुद्धको जन्मस्थलको भ्रमण गरिन्।
  • उनले मायादेवी मन्दिरमा विशेष पूजा गरिन्, र लुम्बिनी विकास कोषका सदस्य सचिव लगायतले स्वागत गरे।
  • राजकुमारीले बुद्धको जीवनसँग सम्बन्धित चार प्रमुख स्थलहरूको भ्रमण गरेकी थिइन्, र थाइल्यान्ड फर्किइन्।

लुम्बिनी । थाइल्यान्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। बुद्धको जीवनसँग सम्बन्धित चार प्रमुख तीर्थस्थलको यात्राका क्रममा उनी बिहीबार बेलुका लुम्बिनी आइपुगेकी हुन् ।

शुक्रबार बिहान मायादेवी मन्दिरमा विशेष पूजा र दर्शन गरेपछि उनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र योजना प्रमुख स्मिता भट्टले स्वागत गरेका थिए । ४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन्, जसलाई राजाले ‘शाही नोबल कन्सर्ट’ को उपाधि प्रदान गरेका छन् ।

७० सदस्यीय ठुलो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनले बुद्धले महापरिनिर्वाणको समयमा उल्लेख गरेका चार प्रमुख स्थलहरूको भ्रमण गरेकी हुन् । भारतका बोधगया, सारनाथ र कुशीनगरको दर्शन सकेर उनी सुनौली नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् । बौद्ध परम्पराप्रति गहिरो आस्था राख्ने बिलासकल्यानीलाई थाई राजाले भिक्षु–भिक्षुणीलाई दिइने ‘चौखुन फ्रा’ को उच्च उपाधिसमेत दिएका छन् ।

लुम्बिनीको भ्रमण र दर्शन सकिए लगत्तै उनी शुक्रबार दिउँसो २ बजे थाई एयर फोर्सको चार्टर्ड ७३७ बोइङ विमानमार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै थाइल्यान्ड फर्किएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप