सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अवस्था बदल्न राजनीतिक शक्तिहरू एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

शुक्रबार, १६ माघ २०८२, १५ : ४१
शुक्रबार, १६ माघ २०८२

सारांश

  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको अवस्था नबदलिएको भन्दै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए।
  • उनले सहिदको बलिदानबाट प्राप्त लोकतन्त्रमाथि चुनौती बढेको र यसको रक्षाका लागि सचेत हुनुपर्ने बताए।
  • मुख्यमन्त्री बानियाँले नेपाललाई समृद्ध बनाउन सुशासन र आर्थिक विकासमा जोड दिने प्रतिबद्धता जनाए।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको भन्दै सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। सहिद दिवसको अवसरमा शुक्रबार बिहान हेटौँडास्थित सहिद पार्कमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो धारणा राखेका हुन्।

नेपालमा पटक–पटकका राजनीतिक आन्दोलनबाट ठूला परिवर्तन आए पनि नेपालीको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उनले स्वीकार गरे। सहिदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि पछिल्लो समय चुनौती र खतरा बढ्दै गएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि सबै नेपाली सचेत हुनुपर्ने बताए। अब नेपाली नागरिक सहिद बनिरहनुपर्ने दुखद अवस्था आउन नदिन राजनीतिक दलहरूले इमानदारिता प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ।

मुख्यमन्त्री बानियाँले नेपाललाई समृद्ध बनाउने एउटै लक्ष्यमा सबै शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले सहिदहरूको सपना पूरा गर्नका लागि सुशासन र आर्थिक विकास नै मुख्य आधार भएको भन्दै प्रदेश सरकार त्यस दिशामा केन्द्रित रहने प्रतिबद्धता समेत जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप