कांग्रेस सभापति थापा मधेस प्रदेश कार्यसमिति बैठकमा
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापा मधेस प्रदेश समिति बैठकमा सहभागी भए।
- बैठकमा आगामी राजनीतिक रणनीति, सङ्गठन सुदृढीकरण र निर्वाचनको तयारीबारे छलफल भयो।
- थापाले मधेस प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिए।
धनुषा। नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको मधेस प्रदेश समिति बैठकमा सहभागी भएका छन् । जनकपुरमा बसिरहेको बैठकमा मधेस प्रदेश कार्यसमितिको पदाधिकारी तथा सदस्यहरू, प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरू र आठ जिल्लाका सभापतिहरू पनि सहभागी रहेका कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।
जनकपुरधामस्थित पार्टी कार्यालय थापा चोकमा जारी बैठकमा आगामी राजनीतिक रणनीति, सङ्गठन सुदृढीकरण, निर्वाचन तयारी तथा पार्टी गतिविधिलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ ।
सभापति थापाले मधेस प्रदेशमा पार्टीलाई थप एकताबद्ध गर्दै जनतामाझ कांग्रेसको नीति, विचार र एजेन्डा प्रभावकारी रूपमा पुर्याउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएका प्रचार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण