जितुको ‘आइएम जितबहादुर’ को सकियो छायाङ्कन
शुक्रबार, १६ माघ २०८२, १७ : ०१
सारांश
- फिल्म 'आइएम जितबहादुर' को छायाङ्कन सकिएको छ, जसमा जितु नेपाल 'मुन्द्रे' मुख्य भूमिकामा छन्।
- फिल्मको अन्तिम दृश्य शंखमुलस्थित 'ए-वान क्याफे' मा खिचिएको थियो, र १५ दिनमा छायाङ्कन सम्पन्न भयो।
- जितु नेपालको जीवनबाट प्रेरित यो फिल्ममा प्रियंका कार्की र वर्षा राउतको पनि मुख्य भूमिका रहेको छ।
काठमाडौँ । फिल्म ‘आइएम जितबहादुर’ को छायाङ्कन सकिएको छ । बिहीबार शंखमुलस्थित ‘ए–वान क्याफे’ मा जितुको अन्तिम दृश्य छायाङ्कनसँगै फिल्म सकिएको हो ।
कलाकार जितु नेपाल ‘मुन्द्रे’ को मुख्य भूमिका र निर्माण रहेको फिल्मको १५औँ दिनमा छायाङ्कन सकिएको हो । फिल्ममा जितुका अलवा प्रियङ्का कार्की, वर्षा राउतको पनि मुख्य भूमिका छ । फिल्ममा नीति शाह, आर्यन सिग्देल पनि देखिनेछन् ।
हिन्दी र बङ्गाली भाषाका फिल्म निर्देशक शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियङ्का कार्की र वर्षा राउतको पनि अभिनय छ । नेपाली कलाकारको सङ्घर्ष र सफलताको कथावस्तुमा बनेको फिल्मको कथा जितुको जीवनसँग पनि आधारित रहेको बताइन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण