च्याम्पियन्स लिग : रियलले प्लेअफमा बेन्फिकासँग खेल्ने
सारांश
- यूईएफए च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणका खेल तालिका सार्वजनिक भयो।
- रियल म्याड्रिड र बेन्फिकाबीच प्रतिस्पर्धा हुने भएको छ, जसमा बेन्फिकाले रियललाई हराएको थियो।
- मोनाको र पेरिस सेन्ट- जर्मेन (पीएसजी) बीचको भिडन्तले प्लेअफलाई रोचक बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणका खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ड्र अनुसार स्पेनिस महारथी रियल म्याड्रिड र पोर्चुगिज क्लब बेन्फिका आमने सामने हुने भएका हुन् ।
लिग चरणको अन्तिम खेलमा बेन्फिकाले रियललाई ४–२ गोल अन्तरले पराजित गर्दै प्लेअफमा स्थान बनाएको थियो । यता बेन्फिकासँग पराजित हुँदा रियल अन्तिम आठबाट बाहिरिएको थियो ।
यस्तै, फ्रेन्च लिगका दुई टोली मोनाको र पेरिस सेन्ट–जर्मेन (पीएसजी) बिचको भिडन्तले प्लेअफ चरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
इटालियन क्लब इन्टर मिलान नर्वेको बोडो–ग्लिम्टसँग खेल्नेछ भने इंग्लिस क्लब न्युक्यासल युनाइटेड अजरबैजानको कराबागसँग प्रतिस्पर्धा गर्नेछ ।
टर्कीको गालातासारे र इटालीको युभेन्टससँग भिड्दा क्लब ब्रुग्गेले एट्लेटिको म्याड्रिडको सामना गर्नेछ भने बोरुसिया डर्टमुन्ड र एटलान्टा आमने सामने हुनेछन् । ग्रीक क्लब ओलिम्पियाकोस र जर्मन टोली बायर लेभरकुसेनसँग खेल्नेछ । यी दुई लेगमा खेलिने नकआउट प्लेअफ खेलबाट विजयी टोलीहरू च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण