डाटा इन्ट्रीको जागिर भन्दै अनलाइन स्क्यामिङमा लगाइएका चार नेपालीकाे उद्धार
शुक्रबार, १६ माघ २०८२, १९ : १७
काठमाडौँ । म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न चार जना नेपालीलाई नेपाल फर्काइएको छ ।
शुक्रबार थाइल्याण्ड स्थित नेपाली राजदूतावास बैंककले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याई नेपाल फर्काइएको हो ।
नेपाल फर्काइएकाहरू महोत्तरी, नुवाकोट र दाङ निवासी हुन् । उनीहरू सबै थाइल्याण्डमा डाटा इन्ट्री अफिसरको रूपमा काम गर्ने भन्दै थाइल्याण्ड पुगेका थिए ।
चारै जनाले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
यस घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपालीहरू समेत सामाजिक सञ्जाल, साथीभाइ, आफन्त तथा आकर्षक विज्ञापनको ललाइफकाइमा परी धेरै कमाउने लोभमा फस्ने वा फसाइने गरेको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण