बाँकेमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
शुक्रबार, १६ माघ २०८२, २० : २६
सारांश
- बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
- प्रहरीले बैजनाथ गाउँपालिका-६ एच गाउँका ३० वर्षीय अंगतराम अहिरलाई पक्राउ गरेको हो।
- पीडितको उजुरीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।
बाँके । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका–६ एच गाउँमा बस्दै आएका ३० वर्षीय अंगतराम अहिरलाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
खजुरा गाउँपालिका–७ घर भएका अहिरले ती किशोरीलाई ललाईफलाई गरी जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी सक्रिय भएको थियो। पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका अहिरमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण