काठमाडौँ र झापामा लाखौँ बराबरको चोरी
सारांश
- काठमाडौं र झापाका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध चोरीका घटनाहरू भएका छन्।
- काठमाडौंको डिल्लीबजार र नागार्जुन नगरपालिकाबाट लाखौँको धनमाल चोरी भएको छ।
- झापाको अर्जुनधारा नगरपालिकामा ८ लाख बराबरको धनमाल चोरी भएको छ, चोरहरूको खोजी भइरहेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रूपमा चोरीका घटनाहरू भएका छन्। काठमाडौँ र झापाका तीन छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्य बराबरको नगद तथा सुनचाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
काठमाडौँको डिल्लीबजारमा डेरा गरी बस्ने बाराका राजु पटेलको कोठाबाट बिहीबार दिउँसो करिब ३ लाख ९४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ। त्यसैगरी नागार्जुन नगरपालिका–४ मा बस्ने रामेछापकी अन्जु खुट्टेको डेराबाट पनि ३ लाख ५९ हजार रूपैयाँ बराबरको नगद र गरगहना चोरी भएको छ।
चोरीको अर्को ठूलो घटना झापाको अर्जुनधारा नगरपालिकामा भएको छ। अर्जुनधारा–९ कालिस्थानका नारद पोख्रेलको घरबाट बिहीबार राति करिब ८ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले पुष्टि गरेको छ। पोख्रेलको घरबाट नगदसहित सुन र चाँदीका विभिन्न गहनाहरू गायब पारिएका छन्।
हालसम्म चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको र शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण