१० बजे १० समाचार : निपाहको त्रासदेखि खगेन्द्रको विवादसम्म
काठमाडौँ । आज मिति २०८२ साल माघ महिनाको १६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर आएका छौँ–
- काठमाडौँ-ल्हासा बस
दुई देशबिचको पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालनको चर्चा चुलिएको छ । हालै चीनमा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकमा यो सेवालाई ब्युँताउने सहमति भएको छ ।
- निपाह भाइरसको प्रकोप
भारतको पूर्वी राज्य पश्चिम बंगालमा निपाह भाइरसको प्रकोप देखिएपछि चीन र धेरै दक्षिणपूर्वी एसियाली देशहरूमा चिन्ता बढेको छ। यो भाइरस जनावरबाट मानिसमा, मानिस-मानिस बिचको सम्पर्कबाट वा दूषित खानाको सेवनबाट सर्ने गर्छ।
- कांग्रेस शीर्ष नेता
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि सभापति गगन थापाले निवर्तमान पदाधिकारीहरूसँग भेट पनि गरेका छैनन्, जिम्मेवारी पनि दिएका छैनन् र निर्वाचनमा उम्मेदवार पनि बनाएनन् । चाहनाविपरीत उम्मेदवार बन्न नपाएपछि प्रायः नेता काठमाडौँबाट आफ्नो गृहजिल्ला गएका छैनन् । उनीहरू जिल्लामा नपुग्दा कांग्रेसको पक्षमा माहोल जति बन्नुपर्थ्यो, त्यति बन्न सकेको छैन ।
- बैठक कहाँ बस्छ ?
अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्न लागेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै छ । तर, संसद् सचिवालय आगामी संसद् बैठक कहाँ सञ्चालन गर्ने भन्ने अन्योलमा छ ।
- धरानवासी खुसी !
आफू नगरप्रमुख पदमा जितेपछि साम्पाङले धरानको सडकमा ढुङ्गा बोकेर र श्रम संस्कृतिको नारा दिएर देशभर चर्चा कमाए । उनले खानेपानीका पाइप ताने, श्रमदान गरेरै ४० किलोमिटर टाढाबाट धरानका केही वडालाई पानी उपलब्ध पनि गराए । त्यसले उनको चर्चा झनै चुलियो ।
- कलाकार
फिल्म निर्माता बन्ने अभिनेत्रीको लहरमा बेनिशा हमाल पनि थपिएकी छिन् । फिल्म ‘द ब्लु लाइट’मा उनी कार्यकारी निर्माता छिन् । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उनका लागि एउटा प्रोजेक्ट मात्र होइन, मेहनत, लगानी र नयाँ सपनाको परीक्षा पनि हो ।
गत वर्ष ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षपछि अभिनेत्री विपना थापाले नेपाली फिल्ममा पुनरागमन गरिन् । शुक्रबार नयाँ फिल्म ‘आबाट आमा’ प्रदर्शनमा आएको छ, जसको प्रवर्द्धनका लागि उनी नेपाल आएकी छिन् । भारतमा घरजम गरेकी विपना कुनै बेलाकी लोकप्रिय अभिनेत्री हुन् ।
- खेलकुद
‘त्यो दिनभन्दा अघि मैले कहिल्यै त्यस्तो महसुस गरेको थिइनँ,’ अक्षर पटेल टाउको हल्लाउँदै मुस्कुराउँछन् । मेरो आग्रहमा उनी आफ्नो इन्स्टाग्राममा रहेको एउटा रिल हेरिरहेका छन्, जुन ४ जुलाई २०२४ मा भारतले टी–२० विश्वकप जितेपछि मुम्बईमा आयोजित विजय जुलुसको भिडियो हो ।
पाकिस्तानले क्रिकेट इतिहासमा ६ पटक टी–२० विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । तर उनीहरूले २००९ मा युनिस खानको नेतृत्वमा एकपटक मात्र यो प्रतिष्ठित उपाधि जित्न सफल भएका छन् ।
- मतदाता
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गए पनि धनुषा जिल्लाका गाउँघरमा खासै चहलपहल देखिएको छैन । ग्रामीण भेगका मतदाता जीविकोपार्जनका लागि आफ्नो नियमित दैनिकीमै व्यस्त रहँदा राजनीतिप्रति चासो राख्न नपाएको बताउँछन् ।
राजनीतिमा कम चासो राख्ने तल्लो वर्गका मतदातालाई अहिलेसम्म चुनावले छोएको देखिँदैन । रुपन्देही–३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १ देखि ३, ६ र ७ वडा, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, मायादेवी गाउँपालिकाका ७ र ८ वडा, तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा तथा बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडा समेटिएका छन् ।
- रास्वपा
बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् ।
- निर्वाचन विश्लेषण
देशका विभिन्न निर्वाचन क्षेत्रको विश्लेषण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण