आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या, एक जना पक्राउ

शुक्रबार, १६ माघ २०८२, २१ : १९
शुक्रबार, १६ माघ २०८२

सारांश

  • शुक्लागण्डकी-५ मा तीन जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
  • प्रहरीले अभियुक्त कुमार नेपालीलाई सार्वजनिक गरेको छ र अदालतबाट सात दिनको म्याद थप गरेको छ।
  • घटनास्थलमा चक्कु, चप्पल, सल र कपडा बरामद गरिएको छ, अनुसन्धान जारी छ।

तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ मा तीन जना हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीविरुद्ध सात दिनको म्याद थप गरिएको छ ।

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

निजविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । प्रहरीले निजका साथबाट चक्कु, चप्पल, सल, प्रयोग गरिएका कपडा बरामद गरेको छ ।

गत पुस २६ गते बिहान ९ः३० बजेको समयमा सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या गरेको अवस्थामा शव भेटिएको थियो । शुक्लागण्डकी फोहर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी नगरपालिका–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ का ५८ वर्षीया देउमाया थापा र नामथर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेलापरेको थियो ।

घटनापश्चात् तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो । नाम, थर र वतन नखुलेका ती पुरुषको शव सनाखतका लागि हुलिया परिपत्र गरी शवगृहमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप