‘आलु बिक्री गर्न बजारको समस्या छैन’
रामेछाप । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ ।
रामेछापको खाडादेवी गाँउपालिकाको सिमानामा रहेको सुनकाेशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त भएका हुन् । स्थानीयवासी ठेटराज चौलागाइँ हाल आलु लगाइएको फाँटबाटै प्रतिकिलो २० देखि २५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँछन् ।
यी फाँटहरू विपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसानले गत वर्ष देखिनै व्यावसायिक रूपमा आलु खेती गर्दै आइरहेका छन् ।आलु खेती नगर्दा यसअघि दुईदेखि तीन बालि मात्र हुने गरेको भएपनि दुई पटक आलु रोप्ने र भित्र्याउने गर्दा वर्षमा चार बली यहाँका कृषकले भित्र्याउने गरेको स्थानीय दुर्गाप्रसाद आचार्य बताउँछन् ।
गाँउपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण