वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको एकता पक्षधर समूह नेकपामा समाहित हुने
सारांश
- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता नेकपामा समाहित हुने भएका छन्।
- पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा औपचारिक रूपमा उनीहरू नेकपामा प्रवेश गर्नेछन्।
- धनकुमारी सुनारको नेतृत्वमा केन्द्रदेखि जिल्ला तहसम्मका नेता कार्यकर्ता नेकपामा प्रवेश गर्दैछन्।
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता पक्षधर नेता–कार्यकर्ताको समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजना हुने कार्यक्रममा सो समूह औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको हो ।
उक्त पार्टी परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मको नेतृत्वत्वसहितका नेता कार्यकर्ताहरू नेकपामा समाहित हुन थालेका हुन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला सङ्गठन सुदूर प्रदेश संयोजक यशोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनार लगायतका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने जनाइएको छ ।
यसैगरी तुलसी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, सङ्गीता सिजापति, करिता सिजापती, सुमित्रा खाती, शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला सङ्गठन समितिकी संयोजक रिता नेपालीसहितका नेता–कार्यकर्ता पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने कार्यक्रम रहेको छ । उनीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण