तिम्रा लागि एउटा कविता
शनिबार, १७ माघ २०८२, १४ : १०
तिम्रा लागि
एउटा मिठो कविता लेखेको छु
आकाशसँग एक टुक्रा बादल लिएर पैँचो
अनि,
इन्द्रेणीबाट चोरेर अलिकति रङ्ग
बनाएको छु सुन्दर सुनौलो
रङ्गिन अक्षरहरूको हरफ
यात्रामा भेटेछु भने,
थकाइ मार्न बसेको बिसौनीमा बसी सुनाउने छु
मन लागे नि, मन नलागे नि सुन है
धित मरुन्जेल
लेखेको छु एउटा कविता
एउटा हरफ तिम्रो र मेरो प्रेम कथाको
निकालेर समय
गरेर प्रयास सुनी दिनु है
थाहा छैन सुनेर के हुन्छ ?
र, पनि सुनिदिनु ल
अनिश्चित जीवनको निश्चित पूर्णविराम बनेर
अझै लेख्छु
अर्को एक हरफ
भाग्यको कविता
अनि अर्को हरफ चाहिँ तिम्रो र मेरो वफादारीको
र, अन्त्यमा चाहिँ आँसु को
आँसु चाहिँ मनमा लुकाएर राख है
यदि आँखाको डिल कटेर बग्न आँट्यो भने
मलाई सम्झिनु
म तिम्रो आँसु रोक्न
नयन बाँध बनिदिन बतास जस्तै उडेर आउँला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण