सलमान आघाको अर्धशतकमा पाकिस्तानले जित्यो अस्ट्रेलियामाथिको सिरिज
इस्लामावाद । टी–२० विश्वकप २०२६ अगावै पाकिस्तान क्रिकेट टोलीले अस्ट्रेलियाविरुद्ध सिरिज जितेको छ । आज कप्तान सलमान आघाको अर्धशतकीय इनिङको मद्दतमा पाकिस्तानले दोस्रो टी–२० खेलमा अस्ट्रेलियालाई ९० रनले पराजित गर्दै तीन खेलको सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १९८ रन बनायो । यद्यपि पाकिस्तानको सुरुवात कमजोर रह्यो । दोस्रो ओभरमै साहिबजादा फरहान ५ रनमा आउट भएका थिए । त्यसपछि सलमान आघा र सैम अयूबले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । अयूब २३ रनमा आउट भए भने बाबर आजम फेरि असफल हुँदै २ रनमै पवेलियन फर्किए ।
कप्तान सलमान आघाले ४० बलमा ७६ रनको शानदार इनिङ खेले । उनले ८ चौका र ४ छक्का प्रहार गरे । विकेटकिपर उस्मान खानले ३६ बलमा ५३ रन बनाए। शादाब खान २८ रनमा नटआउट रहे ।
१९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६औँ ओभरमै १०८ रनमा अलआउट भयो । पाकिस्तानका बलरले सुरुदेखि नै दबाब सिर्जना गरेका थिए । अबरार अहमद र शादाब खानले समान ३–३ विकेट लिए । उस्मान तारिकले २ विकेट लिए भने मोहम्मद नवाज र सैम अयूबले १–१ विकेट हात पारे ।
तीन खेलको सिरिजको अन्तिम खेल आइतबार हुनेछ, जहाँ अस्ट्रेलिया प्रतिष्ठा जोगाउने प्रयासमा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
-
दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
-
स्वास्थ्य व्यवसायी परिषद् बोर्ड अपूर्ण, विषयगत अनुगमनमा बाधा
-
रास्वपा पदाधिकारीमा सहमतिको प्रयास, मतदाता तितरबितर
-
मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा
-
आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण