वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना
सारांश
- वाईसीएल नेपालले भर्चुअल बैठकबाट अर्धसैन्य संरचना ब्युँताउने निर्णय गर्यो।
- निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि एस.टि.एफ क्याम्प खटाइनेछ।
- पार्टी संयोजक प्रचण्ड र दीपशिखाले चुनाव सफल बनाउन विशेष भूमिका खेल्न निर्देशन दिए।
काठमाडौँ । योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेसल टास्क फोर्स (एस.टि.एफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए ।
अन्तरपार्टी युवा, विद्यार्थी र जेनजी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशहरूमा एकतामा आएका युवा सङ्गठनका नेता सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए ।
एक बुथ सय यूथ सबै बुथ केन्द्रमा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र फ्याक्सन ईन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण