आसन्न निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा हो : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा भएको बताए।
- उनले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन र सेवाग्राहीको भरोसा कायम राख्न निर्देशन दिए।
- गृहमन्त्रीले प्रहरीलाई नियन्त्रणभन्दा सक्षम बनाउन चाहेको र शून्य सहनशीलता लागू गर्ने बताए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा भएको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिए ।
उनले भने– ‘आगामी निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा हो, निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउनुहोस् ।’ कुनै पनि तत्त्वले प्रहरीको निष्पक्षतालाई प्रभावित पार्न नपाउने उल्लेख गर्दै दीक्षित भएका इन्स्पेक्टरहरूलाई उनले भने– ‘सेवाग्राहीको भरोसा टुट्न नदिनुहोस् ।’
गृह मन्त्रालयले प्रहरीलाई सक्षम बनाउन चाहेको उल्लेख गर्दै मन्त्री अर्यालले भने– ‘हामी प्रहरीलाई नियन्त्रण होइन सक्षम बनाउन चाहन्छौँ ।’ आफ्नो नेतृत्वको गृह मन्त्रालयले प्रहरीलाई दबाब नभएर दिशा निर्देशन दिन चाहेको बताए ।
गृहप्रशासन र सुरक्षा निकायमा शून्य सहनशीलता लागू गरिने अर्यालले बताए । ‘प्रहरीको पोशाक अधिकारका प्रतीक होइन, त्याग र जिम्मेवारी हो’ मन्त्री अर्यालले भने, ‘जोसको रापमा परिपक्वताको ताप देखिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण