इजरायलले खोल्यो गाजाको रफाह सीमानाका
काठमाडौँ । इजरायल सरकारले इजिप्टसँगको सीमामा रहेको गाजाको रफाह सीमा नाका खोलेको छ ।
झन्डै २ वर्षदेखि बन्द रहेको सो नाका सोमबार खोलिएको हो । मानिसहरूको आवागमनलाई खुला गरेपछि इजरायलले कठोर नियन्त्रणमा सो सीमा खुलाएको छ ।
तर हरेक दिन यस सीमा भएर एक दर्जन मानिसलाई मात्रै आवतजावत गर्न दिइने बताइएको छ । मानवीय सहायता र व्यवसायीक सामाग्रीको ओसारपसार भने अझै पनि बन्दै रहेको छ ।
२०२४ को मेमा इजरायलले प्यालेष्टिनी क्षेत्र कब्जामा लिएपछि यो सीमा बन्द थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा युद्ध विरामको योजनाको यो मुख्य बुँदा थियो ।
झन्डै २० हजार बिरामी र घाइते प्यालेष्टिनीहरू गाजाबाहिर जान पर्खिरहेका छन् । तर हरेक दिन ५० जना बिरामी (दुई जना आफन्तको साथमा) लाई मात्रै यहाँबाट बाहिरिन दिइने इजरायली सञ्चार माध्यमले समाचार छापेका छन् । गाजा युद्धको समयमा भागेका १० औँ हजार मानिसमध्ये हरेक दिन ५० जनालाई मात्रै फर्किने अनुमति दिने पनि बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हमासको नियन्त्रणमा रहेको क्षेत्रबाट बिरामीहरूको स्थानान्तरणको निरीक्षण गर्नेछ, इजरायली सेनाको नियन्त्रणमा रहेको क्षेत्र हुँदै बसबाट नाकासम्म बिरामीलाई पुर्याइने बुझिएको छ ।
युद्ध विराम सम्झौता अन्तर्गत इजरायली नियन्त्रित क्षेत्रलाई चिन्ह लगाउने पहेँलो रेखा पार गर्ने जो कोहीलाई आगो लगाइने इजरायली रक्षा मन्त्री इजरायल काट्जले चेतावनी दिएका छन् । रफाह सीमा युरोपेली सङ्घका पर्यवेक्षकहरू र स्थानीय प्यालेष्टिनी कर्मचारीहरूद्वारा सञ्चालित हुनेछन् ।
इजरायलले यसलाई टाढाबाट सुरक्षा जाँच गर्ने भनिएको छ । आइतबार इजरायली अधिकारीहरूले सीमानाका परीक्षण उद्घाटनका लागि केही बेर खुला गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण