रास्वपालाई शक्ति राष्ट्रहरूले उपयोग गरिरहेका छन् : पूर्वसञ्चारमन्त्री गुरुङ
सारांश
- एमाले नेता पार्वत गुरुङले रास्वपा शक्ति राष्ट्रहरूको इसारामा चलेको आरोप लगाए।
- उनले रास्वपाको देश र जनताको पक्षमा काम गर्ने हैसियत नभएको बताए।
- गुरुङले सरकार निर्वाचन गराउन षडयन्त्र गरिरहेको आरोप लगाए, एमाले विजयी हुने दाबी गरे।
काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्ति राष्ट्रहरूको इसारामा चलिरहेको आरोप लगाएका छन् । नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका उनले सो टिप्पणी गरेका हुन् ।
सोमबार काठमाडौँमा आयोजित सञ्चारकर्मीबिचको अन्तरक्रियामा नेता गुरुङले सो पार्टीको समाउने र टेक्ने कुनै पनि धरातल नभएको जिकिर पनि गरे । देश र जनताको पक्षमा रास्वपाको केही पनि गर्न सक्ने हैसियत नभएको र शक्ति राष्ट्रहरूले उपयोग गरिरहेको उनको भनाइ थियो ।
नेता गुरुङले सरकार आफू अनुकूल परिणाम आउने भए मात्रै निर्वाचन गराउने षडयन्त्रमा लागि परेको समेत बताए । उनले भने, ‘सरकार आफू अनुकूल परिणाम आउने भए मात्रै निर्वाचन गराउने गलत मनसायका साथ प्रस्तुत भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन हुन्छ भन्ने अझै आशङ्का गर्ने ठाउँ छ ।’
नेता गुरुङले एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले निर्वाचनमा विजयी हुने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण