अपडेट
यसकारण हटाइए समानुपातिक बन्दसूचीबाट ७६ जना
सोमबार, १९ माघ २०८२, १९ : ५२
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ।
- कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, जरिवाना नतिरेका, र उमेर नपुगेका उम्मेदवारहरूलाई हटाइएको छ।
- आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीबाट नाम हटाउने निर्णयबारे जानकारी दिएका छन्।
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ ।
सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको विवरण रुजु भई ७६ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको जनाएको हो ।
कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका,प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका,निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका,पच्चीस वर्ष उमेर पूरा नभएका लगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
- कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना
- प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना
- निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना
- पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना
- मतदाता नामावलीमा नाम समावेश नभएका १ जना
- मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना
- महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना
- नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना
- माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण