समाचार
प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूचीबाट ७६ जना ‘आउट’
सोमबार, १९ माघ २०८२, १९ : २६
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हटायो।
- आयोगले उम्मेदवारको विवरण रुजु गर्दा विभिन्न कारणले ७६ जनाको नाम हटाउने निर्णय गरेको हो।
- कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, जरिवाना नतिरेका र उमेर नपुगेका व्यक्तिहरू समावेश छन्।
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ ।
सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको विवरण रुजु भई ७६ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको जनाएको हो ।
'समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा ७६ जनाको नाम हटाउने निर्णय भएको हो,'आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।
- कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना
- प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना
- निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना
- पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना
- मतदाता नामावलीमा नाम समावेश नभएका १ जना
- मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना
- महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना
- नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना
- माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण