धुलोको समस्या हल गरिदिने कोही छैन, चुनावको मात्रै छ आस
सारांश
- भक्तपुरको जगातीबाट काठमाडौँ आउजाउ गर्ने यात्रुहरू सडक निर्माणका कारण धुलो र ढिलाइबाट प्रभावित छन्।
- धुलिखेल-साँगा र साँगा-सूर्यविनायक सडक खण्डको निर्माण चार वर्ष बित्दा पनि ४५ प्रतिशत मात्रै पूरा भएको छ।
- सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय व्यवसायी र बासिन्दा धुलोको समस्याबाट पीडित छन्, र चुनावमा काम हुने आशा गरेका छन्।
भक्तपुर । भक्तपुरको जगातीबाट निश्चल राज गौतम हरेक दिन जसो काठमाडौँ आउनको लागि गाडी चढ्ने गर्छन् । आफू बस्ने ठाउँबाट राजमार्ग पुग्नको लागि १० मिनेट मात्रै लाग्ने भए पनि उनलाई हरेक दिन जगातीको बस स्टपमा कुर्न निकै सकस पर्ने गर्छ ।
_ceeu1fxaTa.jpg)
“बिहानै गाडी चढ्न आउँदा पनि कहिलेकाहीँ गाडी पाउन गाह्रो हुन्छ । गाडी प्याक हुने गर्छ त्यसले गर्दा कहिलेकाहीँ कुर्नुपर्ने नै हुन्छ । यसरी कुर्दा यति धुलो उड्छ कि सेतो वा उज्यालो कुनै कपडा लगायो भने मात्रै पनि धुलोले छपक्कै हुन्छ । एक छिन बढी मात्रै बस्यो भने पनि रुघा लाग्ने सम्भावना बढी हुन्छ ।” गौतमले रातोपाटीलाई भने ।
_VdU7Lvxgbo.jpg)
अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल-साँगा र साँगा-सूर्यविनायक सडक खण्डको निर्माण सुरु भएको ४ वर्ष भइसक्दा पनि काम भने सुस्त छ । अहिलेसम्म यी सडक खण्डको करिब ४५ प्रतिशत मात्रै काम सकिएको छ । बाटो विस्तारका लागि ठाउँ ठाउँमा खनिएको भए पनि काम अघि नबढ्दा यहाँ धुलोको कुहिरोमण्डलले जनजीवन नै प्रभावित बनाएको छ ।
_Mk7DixckAD.jpg)
यो सडक खण्डको निर्माण कार्य २०७९ देखि सुरु भएको भए पनि समयमै नसकिँदा ठेक्का तोड्दा काम अझ सुस्त भएको छ । दैनिक रूपमा हजारौँ मानिस ओहोरदोहोर गर्ने र काठमाडौँ जोड्ने नाकाको रूपमा रहेको यो सडक खण्डमा बसोबास गर्ने मानिसहरू अझै प्रभावित छन् ।
_Ia2cdmOXal.jpg)
“पहिला पहिला त मानिसहरू यहाँ आउने गर्थे । उनीहरूले सामान किन्ने गर्थे तर बाटो नै पुरै धुलाम्य भएपछि त्यो क्रम नै रोकिएको छ । काठमाडौँबाट उपभोक्ताहरू यहाँसम्म पाउँ किन्नै भनेर आउने गर्थे तर अहिले त्यो क्रम नै रोकिएको छ । हाम्रो काम नै अहिले धुलो टकटकाउने र बस्ने भएको छ । धुलोले कहिलेकाहीँ सास फेर्न नै पनि गाह्रो बनाउँछ । रुघा लाग्नु भनेको त सामान्य नै भइसक्यो, अब त दम होला भन्ने डर पनि भइसकेको छ,“ साँगामा पाउँ व्यवसाय गर्ने श्याम श्रेष्ठले रातोपाटीसँग गुनासो गरे ।
_YQxA5IKAnv.jpg)
दुरीका हिसाबले पनि करिब १६ किलोमिटर मात्रै रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति गर्न सुरु गरिएको भए पनि स्थानीयको सकस अझै हटेको छैन । साँगा–धुलिखेल (८.३ किमी) र सूर्यविनायक–साँगा (७.५ किमी) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गर्न सुरु गरिएको भए पनि काम समयमै पुरा नहुँदा थप समस्या बढ्ने पिर छ ।
_HTw00BJN2g.jpg)
सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो ।
_E6sQibVDJY.jpg)
“अब त चुनाव पनि आउन लाग्यो । चुनावको बेला त मतदाता रिझाउनको लागि विकासका काम हुने गर्छन् । उम्मेदवारले भोट पाउनका लागि पनि काम अघि बढाउन लगाएका हुन्छन् । अब त काम हुन्छ कि भन्ने आस छ । रातारात सडक बन्छ भन्ने आशा त होइन तर धुलो नउड्ने सम्म मात्रै पनि भइदियो भने निकै ठुलो राहत हुन्थ्यो,” श्रेष्ठले भने ।
_KZJNRNqhuE.jpg)
सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सडक निर्माणको काम सुरु भएदेखि देशमा विभिन्न पार्टीका नेतृत्वमा सरकार बनेर ढले पनि यो सडक खण्डको अवस्थामा परिवर्तन आउन सकेको छैन ।
_YDzUKyJGri.jpg)
यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्याइएको छ ।
_rUfXXQHfro.jpg)
_NsbeaRiRVs.jpg)
_YSFnhCkbjP.jpg)
_KfGbVAFaek.jpg)
_u2hxktres8.jpg)
_brm4HxgsVK.jpg)
_gRhahzgitP.jpg)
_ID5OiSHmNS.jpg)
_xh7mcTUK7m.jpg)
_MhDmLTPdBx.jpg)
_qg2ukPNJri.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण