बजारमा खाना पकाउने ग्यास पर्याप्त छ : वाणिज्य विभाग
सारांश
- बजारमा ग्यास अभाव भएको गुनासो आएपछि नेपाल आयल निगमले ग्यास अभाव नरहेको जनाएको छ।
- जाडोमा ग्यासको खपत बढ्ने भएकाले माग बढेको र चुनावलाई लक्षित गर्दै ग्यास आयातको कोटा बढाइएको छ।
- वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले ग्यास उद्योगमा अनुगमन गर्दा पर्याप्त मात्रामा ग्यास फेला पारेको छ।
काठमाडौँ । यतिबेला बजारमा ग्यास अभाव भएको गुनासो आएको छ । बजारमा ग्यास अभावको गुनासो आइरहँदा नेपाल आयल निगमले ग्यास अभाव नरहेको जानकारी दिएको छ ।
जाडोमा ग्यासको खपत बढ्ने भएकाले माग बढेको, बजारमा हल्ला भएजस्तो ग्यास अभाव नरहेको साथै चुनावलाई लक्षित गर्दै ग्यास आयातको थप कोटा बढाएको जनाएको छ । बजारमा ग्यास अभावको गुनासो आएपछि सोमबार वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले ग्यास उद्योगमा अनुगमन गरेको थियो ।
विभागले अनुगमनका क्रममा ग्यास पर्याप्त मात्रामा रहेको पाइएको जनाएको छ । विभागले बालाजुस्थित नेपाल ग्यास उद्योग, कलंकीस्थित साइबाबा ग्यास उद्योग, भक्तपुरको महाकाली ग्यास स्टोर्स र ग्यास एण्ड अक्सिजन ट्रेडर्समा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा यी उद्योगलाई सामान्य निर्देशन दिइएको जनाएको छ । यस्तै मंगलबार पनि एभरेस्ट ग्यासलगायतका ग्यास उद्योगको अनुगमनका लागि विभागको टोली खटिएको जनाएको छ ।
साथै अनुगमनका क्रममा पर्याप्त मात्रामा ग्यास रहेको र अभावको हल्लाका पछि नलाग्न विभागले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण