दाङमा चुनावी गर्मागर्मी: उम्मेदवारको आश्वासन होइन विकासको ग्यारेन्टी खोज्दै मतदाता
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै दाङ क्षेत्र नं. २ का उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन्। तर, यसपटक मतदाताहरू उम्मेदवारका पुराना आश्वासन सुन्न तयार छैनन्। उनीहरूले नेताहरूसँग चुनावी बाचा मात्र होइन, विकासका योजनाको ठोस 'ग्यारेन्टी' माग गरिरहेका छन्।
घोराही उपमहानगरपालिका–१८ का सुरेश पुनमगर धेरै पटक मतदान गरे पनि नेताहरूले वाचाअनुसार काम नगरेकोमा रुष्ट छन्। देशमा रोजगारी नहुँदा युवाहरू विदेशिनु परेको र कृषि गर्न चाहनेले समयमा मल, बीउ र सिँचाइ नपाउने समस्या जस्ताको तस्तै रहेको उनको गुनासो छ। तुलसीपुर–१८ की खिमा घर्तीले पनि कांग्रेस उम्मेदवार किरणकिशोर घिमिरेलाई भेटेर निर्वाचनका बेला आश्वासन मात्र बाँड्नेभन्दा पनि दुःखमा साथ दिने र वास्तविक विकास गर्ने नेता चाहिएको स्पष्ट सुनाइन्।
दाङ २ मा सडकको स्तरोन्नति, खानेपानी, शिक्षा, स्वास्थ्य र सिँचाइ जस्ता आधारभूत आवश्यकता अझै अधुरै छन्। निर्वाचनका बेला कल्भर्ट बनाउने, सडक कालोपत्र गर्ने र विद्युत् विस्तार गर्ने भन्दै भोट माग्न आउने तर जितेपछि फर्किएर नआउने प्रवृत्तिबाट स्थानीयहरू आजित भएका छन्। उम्मेदवारहरूले भने नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिएको र यसपटक जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याइरहेका छन्।
यस क्षेत्रमा एमाले महासचिव शंकर पोख्रेल, कांग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन्। घोराही, तुलसीपुरका केही वडा र बंगलाचुली गाउँपालिका समेटिएको यस निर्वाचन क्षेत्रमा यसपटक १ लाख ४० हजार ९४८ मतदाता छन्। नेताहरूलाई भोटको चिन्ता छ भने मतदातालाई आफ्नो गाउँको अधुरो विकास कहिले पूरा होला भन्ने पिरलो छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण