व्यक्तिको जितहार दोस्रो कुरा हो, पहिला देशलाई जिताऔँ : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मतदान शान्तिका लागि गर्न आग्रह गरिन्।
- उनले नवलपुरमा आयोजित एक कार्यक्रममा देशलाई जिताउन र शान्ति कायम गर्न आह्वान गरिन्।
- कार्कीले निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइन् र शान्तिपूर्ण निर्वाचनका लागि निर्देशन दिइन्।
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको मतदान शान्तिका लागि निम्ति गर्न आग्रह गरेकी छन् ।
मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नवलपुर (पूर्वी नवलपरासी) को हात्तिखोर पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तरक्रियामा यस्तो आग्रह गरेकी हुन् ।
त्यस क्रममा उनले भनिन्, ‘यो चुनाव नियमित चुनाव होइन । यो विशेष चुनाव हो । तपाईँहरु शान्तिका लागि मतदान गरिदिनुहोस् । यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ । व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो । पहिला देशलाई जिताऊँ । देशको शान्ति र रूपान्तरणका निम्ति हामी सबै एक ठाउँमा उभिएर सङ्कल्प गर्नुपर्ने बेला हो । शान्ति र सुव्यवस्था मुलुकमा भयो भने पालो पाइएन भन्नेहरू पनि सबैले पाउलान् ।’
दीक्षान्त कवाजको औपचारिक समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तरक्रिया गरेकी थिइन् ।
उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरूसँग चुनावको तयारी तथा सुरक्षा अवस्थाबारे पनि जानकारी लिएकी थिइन्।
त्यस क्रममा उनले चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका निम्ति कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन पनि दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण