प्रादेशिक अस्पताल सिरहाका दुई तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई जना कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा विल काउन्टरबाट संकलन भएको सेवा शुल्क बापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ । अनुसन्धानका क्रममा सफ्टवेयर अभिलेखमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर भिडान गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा फरक परेको थियो ।
उक्त सरकारी रकम बदनियतपूर्वक मासेको र कार्यालय प्रमुखले जिम्मेवारी पूरा नगरी अनियमिततामा सघाएको ठहर आयोगले गरेको छ ।
मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरूमा तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव तथा विल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पुजा कुमारी यादव रहेका छन् । कर्मचारीहरूले आपसी मिलेमतोमा सफ्टवेयरको तथ्यांक लुकाई वास्तविक आम्दानीभन्दा कम रकम बैंकमा जम्मा गरेको अभियोग छ ।
त्यस्तै, तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि उनले हिनामिना गरेको सरकारी रकम असुल उपर गर्ने प्रयोजनका लागि कानुन बमोजिम उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई समेत प्रतिवादी बनाइएको छ । सबै प्रतिवादीहरूसँग बिगो बमोजिमको जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजायको मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण