शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मेनोपजपछि महिलामा बढ्छन् यी तीनखाले क्यान्सरको खतरा

बुधबार, २१ माघ २०८२, ०६ : ३८
बुधबार, २१ माघ २०८२

सारांश

  • मेनोपज महिलाको जीवनको प्राकृतिक प्रक्रिया हो र यस समयमा विभिन्न क्यान्सरको जोखिम बढ्न सक्छ।
  • मेनोपजपछि स्तन, पाठेघर र आन्द्राको क्यान्सरको जोखिम बढ्छ, जसका लागि सतर्कता आवश्यक छ।
  • नियमित व्यायाम, स्वस्थ आहार, मदिरा र धुम्रपानबाट टाढा रहँदै स्क्रिनिङ र प्रारम्भिक पहिचानले क्यान्सरबाट बचाउन सक्छ।

काठमाडौँ । मेनोपज (महिनावारी बन्द हुनु) हरेक महिलाको जीवनमा एक प्राकृतिक कुरा हो । सामान्यतया यो ४५ देखि ५५ वर्षको उमेरमा हुन्छ । यस समयमा महिनावारी रोकिन्छ र शरीरमा धेरै हार्मोनल परिवर्तनहरू हुन्छन् ।

शरीरको माथिल्लो हिस्सा तातो हुने, रातको समयमा पसिना आउने, अनिद्रा, मुड स्विङ, थकान, योनीमा सुक्खापन र ध्यान केन्द्रित गर्न कठिनाइ यसमा सामान्य हुन् । यद्यपि यी परिवर्तनहरू निश्चित प्रकारको क्यान्सरको जोखिमसँगसँगै हुन्छन् । यसबारे सही जानकारी हुनुले महिलाहरूलाई सतर्क र सुरक्षित रहन मद्दत गर्न सक्छ ।

मेनोपजपछि कि बढ्छ क्यान्सरको जोखिम ?
मेनोपजपछि, शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको स्तर उल्लेखनीय रूपमा घट्छ । यी हार्मोनल परिवर्तनहरूले तन क्यान्सर, पाठेघरको क्यान्सर र आन्द्राको क्यान्सरजस्ता निश्चित क्यान्सरहरूको जोखिमलाई प्रभावित गर्न सक्छ । उमेर बढेसँगै क्षतिग्रस्त कोषहरू मर्मत गर्ने शरीरको क्षमता घट्दै जान्छ, त्यसैले बुढ्यौली आफैँमा एउटा प्रमुख जोखिम कारक हो ।

स्तन क्यान्सर: यो मेनोपजपछि महिलाहरूमा हुने सबैभन्दा सामान्य क्यान्सर हो । परिवारमा कसैलाई क्यान्सर भएको इतिहास, मोटोपना, मदिरा सेवन र कम शारीरिक गतिविधिले जोखिम बढाउन सक्छ ।

पाठेघरको क्यान्सर: मेनोपजपछि विशेष गरी मोटोपना, मधुमेह, वा हार्मोनल असन्तुलन भएका महिलाहरूमा पाठेघरको क्यान्सर धेरै सामान्य हो ।

आन्द्राको क्यान्सर: उमेरसँगै आन्द्राको क्यान्सरको जोखिम बढ्छ, जसले गर्दा स्क्रिनिङ पनि महत्त्वपूर्ण हुन्छ ।  

जीवनशैलीको भूमिका

मेनोपज भएपछि तौल बढ्नु सामान्य हो । तर बोसोको तन्तुले थोरै मात्रामा एस्ट्रोजेन बनाउने भएकोले अतिरिक्त बोसोले क्यान्सरको जोखिम बढाउन सक्छ । क्यान्सरको जोखिम कम गर्न यी बानीहरू उपयोगी हुन सक्छन्:

– नियमित व्यायाम

– हरियो तरकारी, फलफूल र सम्पूर्ण अन्नले भरिपूर्ण आहार

– मदिराको सेवन सीमित गर्ने

– धूम्रपान त्याग्ने  

किन महत्त्वपूर्ण छन् स्क्रिनिङ र प्रारम्भिक पहिचान ?

नियमित जाँचले प्रायः जीवन बचाउन सक्छ । महिलाहरूले स्तनको अनिवार्य स्क्रिनिङ गराउनुपर्छ । उमेर अनुसार आन्द्रा र पाठेघरको क्यान्सरको पनि स्क्रिनिङ गराउनुपर्छ । मेनोपजपछि असामान्य रुपमा रक्तस्राव भयो, लामो समयसम्म पेट फुलिरह्यो, लगातार अपच भयो र बिनाकारण तौल बढ्ने वा घट्नेजस्ता लक्षणहरू देखियो भने यी लक्षणहरूलाई बेवास्ता गर्नु हुन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप