पेरिसमा मस्कको ‘एक्स’माथि छापा, बयानका लागि बोलावट
सारांश
- फ्रान्सेली साइबर अपराध अनुसन्धान इकाईले पेरिसमा एलन मस्कको एक्स कार्यालयमा छापा मारेको छ।
- एक्सको एल्गोरिदम दुरुपयोग, यौनजन्य डीपफेक र बाल यौन शोषणयुक्त सामग्रीबारे अनुसन्धान भइरहेको छ।
- एक्सले छापालाई निराधार र राजनीतिक प्रेरित भन्दै आलोचना गरेको छ, भने युरोपेली आयोगले ग्रोक्रमाथि छानबिन सुरु गरेको छ।
पेरिस । फ्रान्सेली साइबर अपराध अनुसन्धान इकाईले मंगलबार पेरिसस्थित अमेरिकी खर्बपति व्यापारी एलन मस्कको माइक्रोब्लगिङ वेबसाइट एक्सको कार्यालयमा छापा मारेको छ । यो छापा कम्पनी र यसको एआई च्याटबोट ग्रोक्रसम्बन्धी फराकिलो अनुसन्धानको हिस्सा रहेको पेरिस अभियोजन कार्यालयले जनाएको छ ।
अभियोजक लोर बेक्युका अनुसार, अनुसन्धान सुरुमा एक्सको एल्गोरिदम दुरुपयोगमा केन्द्रित थियो । तर अहिले यौनजन्य डीपफेक, बाल यौन शोषणयुुक्त सामग्रीको सम्भावित प्रसार र होलोकस्ट अस्वीकार गर्ने सामग्रीसम्ममा विस्तार गरिएको बताइएको छ । मस्क र एक्सकी पूर्व सीईओ लिन्डा याकारिनोलाई अप्रिलमा बयान दिन बोलाइएको छ । कम्पनीका कर्मचारीहरूलाई साक्षीका रूपमा सोधपुछ गरिनेछ ।
एक्सले छापालाई निराधार र राजनीतिबाट प्रेरित कदम भन्दै कडा आलोचना गरेको छ । आफूले कुनै कानुन उल्लंघन नगरेको दाबी गर्दै कम्पनीले आफ्नो कार्यालयमा छापेमारीलाई कानुन प्रवर्तनको नाटकीय दुरुपयोग भनेको छ । मस्कले पनि यसलाई राजनीतिक आक्रमण भनेका छन् ।
यसैबीच, युरोपेली आयोगले गत साता ग्रोक्रमाथि छुट्टै छानबिन सुरु गरेको छ । ग्रोक्रले प्रयोगकर्ताको आग्रहमा महिलाहरू र बालबालिकासमेत समावेश भएका यौनजन्य डीपफेक तस्बिरहरू ठुलो मात्रामा उत्पादन गरेको आरोपका बीच टूलको व्यापक आलोचना भइरहँदा यो कदम आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण