सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य बिमामा देखिएका समस्याप्रति प्रधानमन्त्रीको चासो

बुधबार, २१ माघ २०८२, ०९ : ५५
बुधबार, २१ माघ २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमामा देखिएका समस्याबारे चासो व्यक्त गरेकी छिन्।
  • उनले स्वास्थ्य बिमा कार्यक्रमका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्ने भएकी छन्।
  • स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगर्दा अस्पतालहरूले सेवा बन्द गरेको गुनासो गरेका छन्।

काठमाडौँ । स्वास्थ्य बिमामा देखिएका समस्याबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन् । उनले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न भन्दै आज बुधबार सरोकारवालासँग छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्रीले स्वास्थ्य बिमाबारे देखिएका समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो १ बजे छलफल तय भएको सचिवालयले जनाएको छ । 

केही समययता विभिन्न अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा प्रवाह बन्द भएको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप