रामकृष्ण ढकालको नयाँ गीत ‘तिमीसँग’ सार्वजनिक
बुधबार, २१ माघ २०८२, ११ : ५४
सारांश
- गायक रामकृष्ण ढकालको नयाँ गीत 'तिमीसँग' सार्वजनिक भएको छ।
- गीतमा डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको छ।
- गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकालको अभिनय रहेको छ, जसमा निकेश खड्काको निर्देशन छ।
काठमाडौँ । गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिमीसँग’ सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत रहेको गीतमा राजेन्द्र वाइवाको संगीत संयोजन छ ।
गीत गायनमा ढकाललाई सुशीला बस्नेत तिमिल्सिनाले साथ दिएकी छन् । प्रेमीले जोडीको गीतमा आफूले मन पराएको मान्छेसँग सधैँ साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ ।
गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकालको अभिनय छ । गायक गायिका रामकृष्ण र सुशीला पनि भिडियोमा देखिएका छन् । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण