दलाई लामाका प्रतिनिधिलाई सरकारले संरक्षण गरेपछि चीनले चेतावनी दिएको छ : बादल
सारांश
- एमाले उपाध्यक्ष रामबहादुर थापाले वर्तमान सरकार देश जलाउनेहरूको भएको आरोप लगाए।
- उनले सरकारले चीन विरोधी दलाई लामाका प्रतिनिधिलाई सम्मान गरेको भन्दै आपत्ति जनाए।
- थापाका अनुसार चीनले यस विषयमा आपत्ति जनाउँदै कारबाहीको माग गरेको छ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार देश जलाउनेहरूको सरकार नाङ्गिँदै गएको बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।
‘देश जलाउने र देश जलाउनेहरूको सरकार दिनप्रतिदिन नाङ्गिँदै गएको छ’, पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘नङ्ग्याउने कुरामा देशभक्त र निष्पक्ष राजनीतिक विश्लेषकहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । संवैधानिक दृष्टिकोणले संविधानविद्हरूले पनि सरकारको भण्डाफोर गरिरहेका छन् ।’
सुशीला कार्की नेतृत्वको सरकार अवैध र थोपरिएको हो भन्ने भदौ २३ र २४ को परिघटनाको स्टेकहोल्ड मध्येका दुर्गा प्रसाईँले नै भन्न थालेको थापाको भनाइ छ । त्यसबाहेक भारत र चीनका राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले समेत भदौमा भएको आन्दोलन प्रतिक्रान्ति भनेर विश्लेषण भइरहेको बताए ।
उनले सरकारले चीन विरोधी मानिएका दलाई लामाका एक प्रतिनिधिलाई एयरपोर्टबाट राजकीय सम्मान र संरक्षण गरिरहेको बताए । ‘त्यस घटनाबाट चाइनिजहरू उत्तेजित भएका छन् र दुई वटा विकल्प रोज्नुस् भनेका छन्’, बादलले भने, ‘या त चीन विरोधीलाई कारबाही र निकाला गरेर क्षमा याचना गर्नुपर्यो । त्यो नगर्ने हो भने यसको परिणाम भोग्न तयार हुनुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण