शाहिद कपूरको ‘ओ रोमियो’ रिलिज हुनुअघि नै कानुनी झमेलामा, ग्याङस्टरकी छोरीद्वारा रोक लगाउन माग
सारांश
- शाहिद कपूर र तृप्ति डिमरीको फिल्म 'ओ रोमियो' प्रदर्शन हुनुअघि कानुनी विवादमा फसेको छ।
- ग्याङस्टर हुसेन शेखकी छोरीले फिल्ममा आफ्नो बुबालाई गलत रूपमा चित्रण गरिएको भन्दै अदालतमा याचिका दायर गरेकी छिन्।
- अदालतले फिल्म निर्माता, निर्देशक र लेखकविरुद्ध मुद्दा दायर गर्दै फिल्मको 'प्रि-स्क्रिनिङ' गर्न अनुरोध गरेको छ।
मुम्बई । शाहिद कपूर र तृप्ति डिमरीको मुख्य भूमिका रहेको फिल्म ‘ओ रोमियो’ प्रदर्शनको सँघारमा कानुनी विवादमा तानिएको छ।
फेब्रुअरी १३ मा रिलिज हुने तयारीमा रहेको यो फिल्ममाथि रोक लगाउन माग गर्दै ग्याङस्टर हुसेन शेख उर्फ ‘उस्तरा’ की छोरी सनोबर शेखले मुम्बईको सिभिल कोर्टमा याचिका दायर गरेकी छिन्। यस विषयमा अदालतले आगामी फेब्रुअरी ६ मा सुनुवाइ गर्ने तय गरेको छ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार सनोबरले आफ्नो याचिकामा यो फिल्म आफ्ना स्वर्गीय पिताको अनाधिकृत बायोग्राफी भएको र उनलाई गलत तरिकाले चित्रण गरिएको दाबी गरेकी छिन्। उनले अदालतसँग फिल्मको ‘प्रि-स्क्रिनिङ’ गराउन र कुनै अधिकारी वा कमिश्नर नियुक्त गरेर फिल्म हेरी रिपोर्ट बुझाउन अनुरोध गरेकी छिन्। यो मुद्दा फिल्मका निर्माता साजिद नाडियाडवाला, निर्देशक विशाल भारद्वाज र सम्बन्धित पुस्तकका लेखकविरुद्ध दर्ता गरिएको हो।
फिल्मको ट्रेलरले आफ्ना पितालाई ग्याङस्टरको रूपमा देखाएको तर वास्तविकतामा उनी मुम्बई प्रहरी र गुप्तचर निकाय (आईबी) सँग मिलेर अपराध नियन्त्रणमा सहयोग गर्ने व्यक्ति भएको सनोबरको तर्क छ। उनले आफ्ना पिता मुम्बईमा पत्रकारका रूपमा कार्यरत रहेको र उनको ज्यान जोखिममा रहेकै कारण सन् १९९४ मा प्रहरी कमिश्नरले बुलेटप्रूफ ज्याकेट उपलब्ध गराएको समेत उल्लेख गरेकी छिन्। फिल्मले उनको परिवारको प्रतिष्ठा र सुरक्षामा गम्भीर असर पुर्याउन सक्ने याचिकामा भनिएको छ।
‘ओ रोमियो’ फिल्म लेखक एस. हुसेन जैदीको चर्चित पुस्तक ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित छ, जसमा शाहिद कपूरले उस्तराको भूमिका निभाएका छन्। कानुनी विवादका बिच निर्माताहरूले सोमबार मात्रै अरिजीत सिंहको स्वरमा रहेको ‘इश्क का फिभर’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
-
१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
-
पहिलो हाफमा सेनेगलविरुद्ध नर्वेको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण