शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
काउन्टडाउन टू वर्ल्डकप

टी–२० विश्वकप : समूह ‘सी’ मा नेपाल ‘डार्क हर्स’

कुन समूह कस्तो छ ?
बुधबार, २१ माघ २०८२, १५ : १८
बुधबार, २१ माघ २०८२

काठमाडौँ । टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ। आईसीसीको यस मेगा इभेन्टमा २० टोली सहभागी छन्, जसलाई ४ फरक–फरक समूहमा विभाजन गरिएको छ।

प्रतियोगितामा सबैभन्दा बढी चर्चा ‘ग्रुप अफ डेथ’ को भइरहेको छ। यसपटक यो ट्याग समूह ‘डी’  ले पाएको छ। जसमा साविक उपविजेता दक्षिण अफ्रिकाका साथै २०२१ को उपविजेता न्युजिल्यान्ड र अघिल्लो संस्करणको सेमिफाइनलिस्ट अफगानिस्तान सामेल छन्।

समूह ‘ए’ मा भारत र पाकिस्तानजस्ता प्रतिद्वन्द्वी टोलीहरू बाहेक समूह ‘सी’ मा २–२ पटकका च्याम्पियन इंग्ल्यान्ड र वेस्ट इन्डिज पनि आमने–सामने हुँदैछन्।

GA

समूह-ए: पाकिस्तानलाई हराइसकेको छ अमेरिकाले

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तानजस्ता प्रतिद्वन्द्वी टोलीहरू छन्। नेदरल्यान्ड्स, अमेरिका र नामिबिया पनि यस समूहका हिस्सा हुन्। कागजमा भारत र पाकिस्तानलाई बलियो दाबेदार मानिए पनि अघिल्लो टी–२० विश्वकपमा अमेरिकाले पाकिस्तानलाई हराएर प्रतियोगिताकै सबैभन्दा ठुलो उलटफेर गरेको थियो।

सन् २०२४ मा पहिलो पटक विश्वकप खेलेको अमेरिकी टोलीले २००९ को च्याम्पियन पाकिस्तानलाई सुपर ओभरमा हराएर इतिहास रचेको थियो। त्यसैले समूह ‘ए’ मा कुनै पनि टोलीलाई कमजोर मान्नु भारी पर्न सक्छ। नेदरल्यान्ड्सले पनि दक्षिण अफ्रिकाजस्ता टोलीलाई विश्वकपमा हराइसकेको छ।

समूह ‘ए’ का टोली :

  • भारत: सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, तिलक वर्मा, सञ्जु सैमसन, शिवम दुबे, ईशान किशन, हार्दिक पाण्ड्या, अर्शदीप सिंह, जसप्रीत बुमराह, हर्षित राणा, वरुण चक्रवर्ती, कुलदीप यादव, अक्षर पटेल, वाशिङ्टन सुन्दर र रिंकु सिंह।
  • पाकिस्तान: सलमान अली आगा (कप्तान), अबरार अहमद, बाबर आजम, फहिम असरफ, फखर जमान, ख्वाजा मोहम्मद नाफे, मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसिम शाह, साहिबजादा फरहान, सइम अयुब, शाहिन शाह अफ्रिदी, शादाब खान, उस्मान खान र उस्मान तारिक।
  • अमेरिका : मोनान्क पटेल (कप्तान), जेसी सिंह (उप–कप्तान), एन्डिज गौस, शेहान जयसूर्या, मिलिन्द कुमार, शायन जहाँगिर, सैतेजा मुक्कामाला, सञ्जय कृष्णमूर्ति, हरमित सिंह, नोस्टुश केनजिगे, स्याड्ली भान शल्कविक, सौरभ नेत्रवलकर, अली खान, मोहम्मद मोहसिन र शुभम रन्जने।
  • नेदरल्यान्ड्स: स्कट एडवर्ड्स (कप्तान), कोलिन एकरम्यान, नोआ क्रोज, बास डी लिडे, आर्यन दत्त, फ्रेड क्लासेन, काइल क्लेन, माइकल लेभिट, ज्याक लायन–क्यासेट, म्याक्स ओ'डाउड, लोगान भान विक, टिम भान डेर गुगटेन, रुलोफ भान डेर मर्व, पल भान मिकेरेन र साकिब जुल्फिकार।
  • नामिबिया: जेरार्ड इरास्मस (कप्तान), जेन ग्रीन, बर्नार्ड शोल्ट्ज, रुबेन ट्रम्पेलम्यान, जे जे स्मिट, जन फ्राइलिनक, लरेन स्टिनक्याम्प, मालन क्रुगर, निकोल लोफ्टी–इटन, ज्याक ब्रासेल, बेन शिकोङ्गो, जेसी बाल्ट, डायलन लिचर, डब्ल्यूपी मायबर्ग र म्याक्स हेङ्गो।

gb

समूह-बी: अस्ट्रेलिया र श्रीलंका छनोट हुने आँकलन

समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, आयरल्यान्ड, ओमान र जिम्बाब्वे सामेल छन्। अस्ट्रेलिया सबैभन्दा बलियो दाबेदार देखिन्छ, यो टोली ठुला प्रतियोगितामा दबाबका बिच राम्रो प्रदर्शनका लागि चिनिन्छ। त्यस्तै, २०१४ को विजेता श्रीलङ्काले पनि घरेलु मैदानमा खेल्दै सुपर–८ मा छनोट हुने निश्चित जस्तै छ।

यी बाहेक आयरल्यान्ड, ओमान र जिम्बाब्वेजस्ता टोली पनि यो समूहमा छन्। आयरल्यान्ड र जिम्बाब्वेले पहिले पनि ठुला टोलीलाई हारको स्वाद चखाइसकेका छन् भने ओमानले पनि छोटो फर्म्याटमा राम्रो प्रदर्शन गरिरहेको छ।

समूह ‘बी’ का टोली :

  • अस्ट्रेलिया: मिचेल मार्स (कप्तान), जेभियर बार्टलेट, कुपर कोन्ली, टिम डेभिड, बेन ड्वारसस, क्यामरन ग्रीन, नाथन एलिस, जोस हेजलवुड, ट्राभिस हेड, जोस इङ्लिस, म्याट कुहनेमन, ग्लेन म्याक्सवेल, म्याट रेनश, मार्कस स्टोइनिस र एडम जाम्पा।
  • श्रीलंका: दासुन शनाका (कप्तान), पाथुम निसान्का, कामिल मिशारा, कुशल मेन्डिस, कुशल परेरा, चरित असलंका, कामिन्दु मेन्डिस, जनिथ लियानागे, पवन रत्नायके, दुनिथ वेल्लालागे, वनिन्दु हसरंगा, महेश थिक्क्षणा, दुशमन्था चमिरा, मथिशा पथिराना र ईशान मलिंगा।
  • आयरल्यान्ड: पल स्टर्लिङ (कप्तान), मार्क अडायर, रस अडायर, बेन क्यालिट्ज, कर्टिस क्याम्पर, ग्यारेथ डेलानी, जर्ज डकरेल, म्याथ्यु हम्फ्रीज, जोस लिटल, ब्यारी म्याकार्थी, ह्यारी टेक्टर, टिम टेक्टर, लोर्कन टकर, बेन ह्वाइट र क्रेग योङ।
  • जिम्बाब्वे: सिकन्दर रजा (कप्तान), ब्रायन बेनेट, रायन बर्ल, ग्रीम क्रेमर, ब्राडली इभान्स, क्लाइभ मान्डान्डे, टिनोटेन्डा मापोसा, तदिवानाशे मारुमनी, वेलिङ्टन मसाकाद्जा, टोनी मुनयोङ्गा, ताशिङ्गा मुसेकिवा, ब्लेसिङ मुजरबानी, डायोन मायर्स, रिचर्ड नगारवा र ब्रेन्डन टेलर।
  • ओमान: जतिन्दर सिंह (कप्तान), विनायक शुक्ला, मोहम्मद नदीम, शकील अहमद, हम्माद मिर्जा, वसिम अली, करण सोनावले, शाह फैसल, नदीम खान, सुफियान महमूद, जय ओडेदरा, शफिक जान, आशिष ओडेदरा, जितेन रामानन्दी र हसनैन अली शाह।

समूह-सी: नेपाल ‘डार्क हर्स’ टोली

समूह ‘सी’ मा २–२ पटकका च्याम्पियन इंग्ल्यान्ड र वेस्ट इन्डिज छन्। नेपाललाई समूह चरणको ‘डार्क हर्स’ भन्न सकिन्छ। अघिल्लो टी–२० विश्वकपपछि नेपालले २४ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो, जसमा १६ मा जित र ५ मा हार ब्यहोर्‍यो, बाँकी खेल टाइ वा नतिजाविहीन रहे।

२०२४ देखि अक्टोबर २०२५ को बिचमा नेपालले अमेरिकाविरुद्धको शृङ्खलामा दुई जित हासिल गर्‍यो भने वेस्ट इन्डिजजस्तो बलियो टोलीलाई शारजाहमा दुई खेलमा १९ र ९० रनले हराएर सबैलाई चकित पारेको थियो। अब टोली फेरि एकपटक वेस्ट इन्डिजसामु हुनेछ।

nepal cricket team 2

बंगलादेश टी–२० विश्वकपबाट बाहिरिएपछि समूह ‘सी’ मा स्कटल्यान्डलाई समावेश गरिएको छ। यो समूहमा अब स्कटल्यान्डसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल र इटाली छन्। इटालीले पहिलो पटक कुनै आईसीसी प्रतियोगिताका लागि छनोट गरेको हो।

समूह ‘सी’ मा इंग्ल्यान्ड र स्कटल्यान्डबिचका खेल सधैँ हाई–भोल्टेज हुन्छन्। सन् २०१८ मा स्कटल्यान्डले इंग्ल्यान्डलाई एकदिवसीय अन्तर्राष्ट्रियमा ६ रनले हराएर ठुलो उलटफेर गरेको थियो। त्यस्तै, २०२२ को विश्वकपमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो।

समूह ‘सी’ का टोली :

  • इंग्ल्यान्ड: ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, ज्याकब बेथेल, जोस बटलर, साम करन, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल रसिद, फिल सल्ट, जोस टङ र ल्युक उड।
  • वेस्ट इन्डिज: शाई होप (कप्तान), शिमरोन हेटमायर, जोनसन चार्ल्स, रोस्टन चेज, म्याथ्यु फोर्ड, जेसन होल्डर, अखिल हुसेन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, रोभमन पावेल, शेरफेन रदरफोर्ड, क्विन्टन स्याम्पसन, जेडेन सिल्स र रोमारियो सेफर्ड।
  • नेपाल: रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
  • स्कटल्यान्ड: रिची बेरिङटन (कप्तान), टम ब्रुस, म्याथ्यु क्रस, ब्राडली करी, ओलिभर डेभिडसन, क्रिस ग्रीभ्स, जैनुल्लाह इहसन, माइकल जोन्स, माइकल लिस्क, फिनेले म्याक्रेथ, ब्रान्डन म्याकमुलेन, जर्ज मुन्से, सफयान शरिफ, मार्क वाट, ब्राडली ह्विल। (रिजर्भ खेलाडी: ज्यास्पर डेभिडसन र ज्याक जार्भिस)।
  • इटाली: वेन म्याडसेन (कप्तान), मार्कस क्याम्पोपियानो, जियान पिएरो मिडे, जैन अली, अली हसन, क्रिश्चियन जर्ज, ह्यारी म्यान्टी, एन्थोनी मोस्का, जस्टिन मोस्का, सैयद नकवी, बेन्जामिन म्यान्टी, जसप्रीत सिंह, जे जे स्मट्स, ग्रान्ट स्टिवर्ट र थोमस ड्रेका।

GD

समूह-डी : सबैभन्दा अनप्रिडिक्टेबल समूह

समूह ‘डी’ मा दक्षिण अफ्रिका र न्युजिल्यान्डजस्ता अनुभवी टोलीहरू सामेल छन्, जसलाई टी–२० विश्वकपको फाइनल खेलेको अनुभव छ। दक्षिण अफ्रिका साविक उपविजेता हो भने न्युजिल्यान्डले २०२१ को फाइनल खेलेको थियो।

त्यस्तै, यो समूहमा अफगानिस्तानको उपस्थितिले खेलहरूलाई अझ रोमाञ्चक बनाउँछ। २०२४ मा अफगान टोलीले सबैलाई चकित पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। टोलीले दक्षिण अफ्रिकाविरुद्ध हार बेहोर्नुपरेको थियो।

समूह ‘डी’ का टोली :

  • दक्षिण अफ्रिका: एडेन मार्क्रम (कप्तान), कर्बिन बोस, डेवाल्ड ब्रेभिस, क्विन्टन डी कक, मार्को यानसन, जर्ज लिन्डे, केशव महाराज, क्वेना मफाका, डेभिड मिलर, लुंगी एनगिडी, एनरिक नर्किया, कागिसो रबाडा, रायन रिकल्टन, जेसन स्मिथ, ट्रिस्टन स्टब्स।
  • न्युजिल्यान्ड: मिचेल सान्टनर (कप्तान), फिन एलेन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्वे, ज्याकब डफी, लकी फर्ग्युसन, म्याट हेनरी, काइल जेमिसन, ड्यारिल मिचेल, जेम्स निशम, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, टिम सेफर्ट, ईश सोढी।
  • अफगानिस्तान: राशिद खान (कप्तान), नूर अहमद, अब्दुल्लाह अहमदजाई, सेदिकुल्लाह अटल, फजलहक फारुकी, रहमानुल्लाह गुरबाज, नवीन उल हक, मोहम्मद इशाक, शाहिदुल्लाह कमाल, मोहम्मद नाबी, गुलबदिन नाइब, अजमतुल्लाह उमरजई, मुजीब उर रहमान, दरविश रसुली र इब्राहिम जादरान।
  • क्यानडा: दिलप्रित बाजवा (कप्तान), अजयवीर हुन्दल, अंश पटेल, दिलोन हेलिगर, हर्ष ठाकेर, जसकरनदीप बुट्टर, कलिम सना, कन्वरपाल ताथगुर, नवनीत धालीवाल, निकोलस किर्टन, रविन्दरपाल सिंह, साद बिन जफर, शिवम शर्मा, श्रेयस मोव्वा र युवराज समरा।
  • युएई: मुहम्मद वसिम (कप्तान), अलीशान शराफु, अर्यांश शर्मा, ध्रुव पाराशर, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दीकी, मयंक कुमार, मुहम्मद अरफान, मुहम्मद फारुक, मुहम्मद जवादुल्लाह, मुहम्मद जोहैब, रोहिद खान, सोहैब खान र सिमरनजीत सिंह।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप