मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

देश दाैडाहामा बालेन, यस्ताे छ बिहीबारकाे कार्यतालिका

बुधबार, २१ माघ २०८२, २१ : ५२
बुधबार, २१ माघ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह निर्वाचन प्रचारप्रसारका लागि देश दाैडाहामा छन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका उनी चुनावी अभियानमा सक्रिय छन् । उनी चुनावी प्रचारप्रसारका लागि सुदूरसहित पूर्वी जिल्ला पुगिसकेका छन् ।  

रास्वपाबाट प्रधानमन्त्रीमा प्रस्तावित शाह बिहीबार उदयपुर,खोटाङ,ओखलढुङ्गामा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।  

उनी बिहान ८ बजे गाइघाट उदयपुरमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै साढे ९ बजे देउरी–चौडे–कटारीमा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन् । साढे १ बजे हलेसी महादेव खोटाङ पुग्ने कार्यक्रम छ ।

त्यस्तै साढे ३ बजे केतुके ओखलढुङ्गामा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । उनी झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन लड्दैछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप