सिटी काराबाओ कपको फाइनलमा, आर्सनलसँगको भिडन्त पक्का
सारांश
- म्यानचेस्टर सिटीले काराबाओ कपको फाइनलमा न्युकासल युनाइटेडलाई ५-१ ले पराजित गर्दै स्थान सुरक्षित गर्यो।
- खेलमा ओमार मार्मुसले दुई गोल गरे भने सिटीले आर्सनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
- न्युकासलका लागि एन्थोनी एलाङ्गाले एक गोल फर्काए, तर टोलीको पुनरागमन सम्भव भएन।
म्यानचेस्टर । म्यानचेस्टर सिटीले साबिक विजेता न्युकासल युनाइटेडलाई सेमिफाइनलको समग्र नतिजामा ५–१ ले स्तब्ध पार्दै काराबाओ कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अब उपाधिका लागि सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो लेगमा २–० ले पछि परेको न्युकासलले पुनरागमनका लागि बुधबार इतिहाद स्टेडियममा विशेष प्रदर्शन गर्नुपर्ने थियो, तर घरेलु टोली सिटीको आक्रामक खेलसामु पाहुना टोली निरीह बन्यो।
खेलको छैटौँ मिनेटमै ओमार मार्मुसले गोल गर्दै सिटीलाई अग्रता दिलाए। अर्लिङ हालान्डको स्थानमा मैदान उत्रिएका मार्मुसको प्रहार डिफ्लेक्ट हुँदै गोलरक्षक आरोन राम्सडेलको टाउको माथिबाट जाली चुम्न पुगेको थियो।
सुरुवाती दबाब झेलेको न्युकासलका लागि राम्सडेलले तिजानी रेइन्डर्सको कडा प्रहारलाई उत्कृष्ट बचाउ गर्दै अन्तर बढ्न दिएनन्। न्युकासलले खेलमा फर्कने केही राम्रा अवसर पाए पनि सिटीका गोलरक्षक जेम्स ट्राफोर्ड बाधक बने। उनले जो विलोक र एन्थोनी गोर्डनको प्रहारलाई उत्कृष्ट ढङ्गले विफल तुल्याए।
फिनिसिङमा चुकेको न्युकासललाई सिटीले खेलको ३० औँ मिनेटमा अर्को झड्का दियो। मार्मुसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने पहिलो हाफ सकिनुअघि रेइन्डर्सले गोल गरेपछि सिटीले खेलमा पूर्ण पकड जमायो।
दोस्रो हाफमा न्युकासलका लागि एन्थोनी एलाङ्गाले ६२ औँ मिनेटमा एक गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित भयो। हार्भी बार्न्सको एक गोललाई मान्यता नदिइएपछि न्युकासलको पुनरागमनको झिनो आशा पनि समाप्त भयो।
पेप ग्वार्डिओलाको टोलीले अब मार्च २२ आइतबारका दिन वेम्बली स्टेडियममा आर्सनलसँग उपाधिका लागि भिड्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
-
पदक विजेता टेबलटेनिस खेलाडीहरू पाँच दिने भ्रमणका लागि थाइल्यान्ड प्रस्थान
-
कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त
-
‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण