सुनसरीमा २८ हजार नक्कली नोटसहित एक युवक पक्राउ
सारांश
- सुनसरीको हरिनगरा गाउँपालिकामा प्रहरीले २८ हजार नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा इनरुवाका २५ वर्षीय बहिस मियाँ रहेको र उनले किराना पसलमा सामान किन्दा नक्कली नोट दिएका थिए।
- प्रहरीले मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ।
इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिकाबाट प्रहरीले २८ हजार नेपाली नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनसरीकै इनरुवा नगरपालिका वडा नं. १० बस्ने २५ वर्षीय बहिस मियाँ रहेका छन् ।
बिहीबार राति करिब ८ बजेतिर हरिनगरा गाउँपालिका वडा नं. १ स्थित एउटा किराना पसलमा सामान खरिद गर्ने क्रममा मियाँले नक्कली नोट दिएको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको थियो । नक्कली नोट दिएर सर्वसाधारणलाई ठग्न खोजेको जानकारी पाउनासाथ प्रहरी चौकी रामनगर भुटाहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट नेपाली १ हजार दरका २८ थान नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै नोटहरू जाली (नक्कली) देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका मियाँलाई नक्कली नोटसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीमाथि मुद्रा सम्बन्धी कसुर (खोटा चलन) अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको र यो गिरोहमा अन्य व्यक्तिहरूको संलग्नता भए–नभएको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण