जनताको मत जितेर देशको नेतृत्व गर्छौँ : घिसिङ
बिहीबार, २२ माघ २०८२, १२ : ४७
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मतबाट देशको नेतृत्व गर्ने दाबी गरे।
- घिसिङले सामाजिक सञ्जालको सट्टा जनतालाई डेलिभरी दिएर पार्टी स्थापित गरेको बताए।
- उनले आगामी निर्वाचनमा मधेस प्रदेशमा धेरै उम्मेदवारहरू जितेर पार्टीको पक्षमा नतिजा ल्याउने कुरा व्यक्त गरे।
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।
बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरे । उज्यालो पार्टीले जेनजीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अघि बढेको उनले बताए ।
घिसिङले भाषण गरेर कोही पनि प्रधानमन्त्री नहुने भन्दै कामले र जनताले चुनेपछि मात्रै प्रधानमन्त्री हुने तर्क गरे ।
उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका धेरै उम्मेदवारहरू मधेस प्रदेशमा रहेकाले नजिता पनि आफ्नो पार्टीको पक्षमा आउने धारणा राखे ।
घिसिङले अहिले मधेसका जनतासँग भेटघाटका लागि आफूहरू आएको भन्दै पछि फेरी एजेन्डा सहित आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण