बाँसबारीमा दिनदहाडै चोरी
शुक्रबार, २३ माघ २०८२, ०७ : ०२
काठमाडौँ । राजधानीको बाँसबारी क्षेत्रमा दिउँसै चोरी भएको छ। काठमाडौँ महानगरपालिका-३ बाँसबारीमा डेरा गरी बस्ने सीता रावलको कोठाबाट बिहीबार दिउँसो करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।
कैलालीको गोदावारी नगरपालिका-२ स्थायी घर भएकी ३६ वर्षीया रावलको कोठामा कोही नभएको मौका छोपी चोरले धनमाल हात पारेको प्रहरीले जनाएको छ। रावलका अनुसार कोठाबाट नगद तथा बहुमूल्य गरगहना चोरी भएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको व्यापक खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
पछिल्लो समय काठमाडौँमा दिउँसोको समयमा घरमा कोही नभएको पारेर चोरी गर्ने गिरोह सक्रिय देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण